वीरगञ्ज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ।
नेपाली कांग्रेसका वडा सभापति चन्देश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीलाई स्वागत तथा सम्मान गरिएको हो। कार्यक्रममा कांग्रेसका स्थानीय नेता, जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा पार्टीका क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पकाह मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण चौहान, पूर्व इलाका सदस्य बाबुलाल मेहता, पूर्व गाविस अध्यक्ष नसरुल्लाह मियाँ, पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीप नारायण रौनियार तथा युवा नेता एवं महाधिवेशन प्रतिनिधि लक्ष्मणप्रसाद कुर्मीलगायतको उपस्थिति थियो।
त्यसैगरी आशा चौहान, दिननाथ शाह र नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष श्रीरामरण कुर्मीलगायत सहभागी भएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका वडाध्यक्षहरू सञ्जय चौहान, मुकुत चौहान र विनोद मेहताका साथै पार्टीका क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष सञ्जय चौहानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन राकेश मेहताले गरेका थिए।


तपाईको प्रतिक्रिया !