सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो। श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। बाँकी सात जनाको उपचार भइरहेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


तपाईको प्रतिक्रिया !