१८ महिला सहित ६५ जनाले गरे रक्तदान



वीरगञ्ज २० चैत्र

वीरगञ्जको एन्जल इन्टरनेशनल स्कुल द्वारा शनिबार स्कुल परिसरमा एक कार्यक्रमका विच रक्तदान जीवनदान भने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो रक्तदान कार्यक्रममा १८ महिला सहित ६५ जनाले रक्तदान गरेका छन । एन्जल इन्टरनेशनल स्कुलले शिक्षामा खाली होईन समाजिक कार्यमा पनि सक्रिय रहेको देखिएको छ।

स्कुल परिसरमा भएको रक्तदान कार्यक्रममा अधिक्तम महिलाहरुले पहिलो पटक रक्तदान गरेका थिए भने संस्थाका अध्यक्ष राम राज श्रेष्ठले ५० औं पटक रक्तदान गरेका छन ।

श्रेष्ठले ५० औं पटक रक्तदान गर्दा आफ्नै संस्थामा कार्यक्रम गरि गर्ने धोको रहेको हुँदा पनि शनिबार आफू सङ्लग्न रहेको स्कुलमै रक्तदान कार्यक्रम राखिएको बताएका छन । त्यसै गरि रक्तदान गर्ने दाताहरुलाइ खादा ओढाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज