अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ श्रावण ४, बुधबार १०:०३ बजे

बिरगंज – ४ साउन। पर्साको बिरगंजबाट ४१ लाख ५५ हजार नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारत विहार पूर्वी चपारण थाना रक्सौल-११ घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

बिहान ८ बजे आएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो।

वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रक्सौलबाट वीरगन्ज आउँदै गरेको मोटरसाइकललाई प्रहरीले चेक गरेको थियो।

त्यसक्रममा चालक राकेशले मोटरसाइकलको सिटमुनी र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ लुकाइराखेको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

उनलाई प्रहरीले पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय