अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ भाद्र २१, मंगलवार ०८:५० बजे

बारा, भदौ २१ः बाराको बलिरामपुर र मुसहर्वा सिमानाका क्षेत्रमा प्रहरीका घुमुवा हवल्दार चन्द्र भुषण मिश्राको सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले समेत घुमुवा हवल्दार मिश्रासँग सेटिङ मिलाएका छन् । प्रहरी चौकी मुसहर्वाका सई रोशन अधिकारीले प्रहरी हवल्दार मिश्रालाई घुमुवाका रुपमा खटाएका छन् । मिश्राले कपडा र भैंसी तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको स्रोत बताउँछ ।

बारा जिल्लाको मुसहर्वा र बलिरामपुर नाकाबाट अबैध कारोबार गर्ने कारोबारीहरु संग मोटो रकम लिएर ति घुमुवाले नै संरक्षण र स्कटिङ गर्ने गरेको एक जना स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन् । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै कपडा ,कस्मेटिक, तयारी पोषाक, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयर, इलेक्ट्रोनिकका सामान र सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ ।

बलिरामपुर र मुसहर्वा नाकाबाट कपडा र भैंसीको तस्करी तीब्र रुपले बढेको छ । मुसहर्वा र बलिरामपुर, नाका हुँदै प्रसौनीको बाटो रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।बलिरामपुर र मुसहर्वाबाट भोला मिया नामका नमुदत तस्करका समुहसंग मोटो रकम बुझी पिकअप र १० वट मोटरसाईकल प्रयोग गरी रातभर कपडा र जुत्ता चप्पलको तस्करी गर्न लाइन दिएका छन । बलिरामपुर र मुसहर्वाबाट रामअयोध्याले पनि हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको लाइन पाएको हो ।

यस्तै बलिरामपुर र मुसहर्वा दुबै नाकाबाट रातभरि मोटरसाईकलको माध्यमले कपडा तस्करी गर्न तस्करका समुहले लाईन पाएका छन । मुसहर्वा नाकाबाट सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीहरुले मोटो रकम नजराना बुझाएर राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन्।बलिरामपुर र मुसहर्वा नाकाबाट छोटेलाल पटेलको समूहले कपडा तस्करिको ठुलो लाईन पाएका छ्न । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् ।

मुसहर्वा नाकाबाट , मुरारी महतो, खेना यादव, बिन्दा ,सकिल ,चन्दन ,पन्डित ,प्रेम , सुनेश ,बिरेन्द्र ,पवन ,तार्केश्वर ,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यमले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किराना आईटम, जस्ता समान भित्र्याउने गरेका छन् ।नेपालबाट भारततर्फ सन्तोष मुखिया नामका नामुदत तस्करले तस्करी गर्दै आएको छ् । मुना मियाँले कपडाको काम गरिरहेका छन । इडिया घर भएका बूज साहले दारू रक्सीको काम गर्न लाइन पाएका छन । उमेश जलन्धर माछाको र रगिन माछाको काम गरिरहेका छन ।

बाराको नामुदत तस्कर बलिराम्पुर गाउँ कै स्थानिय पवन गुप्ता भनिने र तर्केस्वर भिम भारतबाट नेपालमा सुर्ति , रजंनिगंन्धा , राजनिवाश , पान पराग , लत्ताकपडा , हाडयेवर लगायतका समानहरु भित्रयाउछन् भने नेपालबाट भारत रातिको समय प्रहरीले सेटिङमा रक्सीको तस्करी गराउदै आएका स्थानियहरुले बताएका छन् । यस्तै उमेश साहले माछाको तस्करी गर्ने गरेका छन् ।

नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरेपनि यि तस्करहरुको समूहले सिमा नाका क्षेत्रमा रहेका प्रहरीको मिलोमतोमा खुलेयाम वीरगंज बजारसम्म माछाको तस्करी गर्ने गरेका छन् । जसबाट स्वदेशी माछा उत्पादकहरुले घाटा व्यवहोर्नु परेको छ । कसरी हुन्छ प्रहरी सेटिङ ? सीमा क्षेत्रमा हुने तस्करी प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाएसम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ ।

बलिरामपुर र मुसहर्वा नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट १ दर्जन जति तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । घुमुवा मिश्राले तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक देखि जिल्ल प्रहरीका प्रमुखलाई समेत पुर्याउने गरेको खुलेको छ।आफुलाई कसैले कारबाही गर्न नसक्ने भन्दै घुमुवा मिश्रा यसरी असुली धन्दामा लागेका छन् ।

स्रोतका अनुसार अमलेखगञ्ज दरबन्दी भएका घुमुवा मिश्रा दरबन्दी नगइ घुमुवा बस्न र पैसा कमाउनकै लागि आफ्नो नातेदार एक जना तस्कर र प्रहरीको दलाली समेत गर्दै आएका ती दलाल पत्रकारसंग एसपी दिलिप सिंह देउजाको सरुवा हुने बेला भनसुन गराई मुसहर्वा चौकी पुग्न सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय