कांग्रेस भित्रैबाट बीपीमाथि अन्याय भइरहेको छ : महामन्त्री थापा



[ad_1]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाटबीपी कोइरालामाथि अन्याय भइरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौँमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनि दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनले बताए ।



उनले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

बीपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौती हामी आफैंले समाधान गरेर अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज