नेहा चौधरीका ससुरा रामप्रवेश पनि जेल चलान



[ad_1]

वीरगञ्ज । घरेलु हिंसामा परेकी महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

छोरोको बिहेपछि पनि पटक–पटक दाइजो माग गरी यातना दिएको आरोपमा पक्राउ परेका चौधरीलाई जिल्ला अदालतल महोत्तरीले मंगलबार जेल चलान गरेको हो । न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई जेल चलान गरेको हो ।



गत आइतबार पक्राउ परेका चौधरीलाई मंगलबार अदालतमा पेश गरिएको थियो । मंगलबार भएको थुनछेक बहसमा जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र सरकारी वकिल मनोजकुमार गुप्ताले बहस गरेका थिए ।



यसअघि दाइजो लिएको आरोपमा नेहाका श्रीमान् पंकज चौधरीलाई पनि अदालतले जेल चलान गरिसकेको छ । थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा राम प्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज