ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने, आत्मसमर्पण गर्ने अपेक्षा



एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय बिहीबार गरेको हो ।

अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।



सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको अनुसन्धानमा आरोप पुष्टि भएको छ ।



ट्रम्पमाथि अरू के(के मुद्दामा अभियोग लगाइएको छ भन्नेबारे विस्तृत खुलिसकेको छैन । अब ट्रम्पले अदालतसमक्ष आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ। उनी आगामी मंगलबार अदालती प्रक्रियाका लागि अदालतमा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज