वैशाखमा घोडाघोडी आउँदै पल शाह



कैलाली । अभिनेता पूर्ण विक्रम शाह (पल) सार्वजनिक कार्यक्रममा व्यस्त देखिएका छन् । विभिन्न जिल्लामा भइरहेको मेला महोत्सवमा पललाई यति वेला भ्याइ न भ्याई छ ।

यही क्रममा पल शाह कैलालीको सुखडमा आउने भएका छन् । घोडाघोडी १ सुखडमा हुन लागेको घोडाघोडी साङ्गीतिक उत्सव २०८० मा पल शाहको समेत उपस्थिति रहने आयोजक आभास सञ्चार कम्पनी प्रालीले जनाएको छ ।



वैशाख ९ गते शाहको उपस्थिति रहने कार्यक्रम संयोजक प्रकाश मिश्रले जानकारी दिए ।



वैशाख ७ देखी १० गते सम्म सुखडको हेली प्याडमा हुने उत्सवमा शाह सहित अभिनेता पुष्प खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापा लगायतको प्रस्तुति रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज