आईपीएलको १६ औं संस्करण आजबाट, गुजरात र चेन्नई भिड्दै

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १०:२३ बजे

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं संस्करण आजबाट शुरू हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसपछि साँझ नेपाली समयअनुसार पौने ८ बजे देखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।



४ वर्षपछि आईपीएलको उद्घाटन समारोह हुँदैछ र ३ वर्षपछि घरेलु र अवे ढाँचामा प्रतियोगिता खेलाइनेछ ।



अर्थात् टोलीले लिगका ७ खेल घरेलु र बाँकी लिग खेल विपक्षी टोलीको मैदानमा खेल्नेछन् । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्