फ्राइडे रिलिज : ‘प्रेमा’ आजदेखि देशभर प्रदर्शनमा



काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

यो मितिमा अन्य नेपाली फिल्म प्रदर्शनमा नआउँदा ‘प्रेमा’ले एकल प्रदर्शन अवसर पाएको छ ।



त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रमा अभिनेता अरुण क्षेत्री तथा अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्म यी तीनमै केन्द्रीत छ।



फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज