सञ्चारमन्त्री शर्मा भन्छिन् – सरकार विस्तारपछि महत्त्वपूर्ण कामको थालनी हुन्छ



भैरहवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन्।

नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।



मन्त्री शर्माले परिवर्तनकारी तप्काले गौरव महशुस गर्ने गरी काम थालेको बताइन्।



जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने,सहिदको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको मन्त्री शर्माको भनाइ छ।

मन्त्री शर्माले सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण कामको थालनी गर्ने पनि उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज