हिमालयन एयरका क्रू मेम्बरले नै उडिरहेको जहाजभित्र टिकटक बनापछि…



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाउने तीनजना क्रू मेम्बरमाथि कारवाही गरेको छ ।

प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बरलाई कारवाही गरेको हो ।



काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको प्राधिकरणले जनाएको छ ।



प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज