काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले सरकारमा सम्मानजनक सहभागिता नभए मन्त्रीको नाम नदिने बताएको छ ।
शुक्रबार बिहान बसेको डा.शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।
सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् ।
शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।
प्रतिक्रिया!