बाबुराम भट्टराईले भने – स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोहलाई गम्भीर रूपमा लिउँ



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्।

कांग्रेस छाडेर स्वर्णिमले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेपछि अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्,‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई यत्तिकै हल्काफुल्का रुपमा पन्छाउनु उचित हुनेछैन ।’



भट्टराईले राजनीतिक विद्रोह ठिक कि बेठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने पनि बताए। तर उनको विद्रोहलाई हल्काफुल्का रुपमा पन्छाउन उचित नहुने डा। भट्टराई बताउँछन्।

वाग्लेले बिहीबार नेपाली कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरेका थिए। वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने सूचीको पहिलो नम्बरमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज