२०७९ चैत्र १७, शुक्रबार १२:४९ बजे

काठमाडौं । भएका भक्तजनहरू मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खस्दा ३५ जनाको मृत्यु भएको छ ।

दिल्लीको पटेलनगरस्थित मन्दिरमा रहेको इनारमा बिहीबार भक्तजनहरू खसेको बीबीसी हिन्दीले जनाएको छ ।



दुर्घटनामा परेकामध्ये ३५ जनाको मृत्यु भएको तथा १४ जनाको उद्दार गरिँदा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।



प्रहरीले जनाए अनुसार इनारमाथि बनेको संरचनामाथि ठूलो संख्यामा मानिसहरु उभिएपछि उक्त दुर्घटना भएको थियो । मानिसहरू ४० फिट गहिराइको इरानमा खसेका थिए ।

भीडको भार थाम्न नसक्दा स्ल्याब भत्किँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय