२०७९ चैत्र १७, शुक्रबार १२:५३ बजे

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर देखाई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।



तामाङले उपत्यकाका ४ भन्दा बढि स्थानमा डलर साट्ने भन्दै बिभिन्न व्यक्तिहरुलाई लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



पक्राउ परेका तामाङले डलर साटीदिन्छु भन्दै ३० लाख ५० हजार लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनलेले व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी लुटपाट गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय