
२०७९ चैत्र १७, शुक्रबार १४:३९ बजे
काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम राष्ट्रपति कार्यालय पठाएका हुन् ।
उनीहरुको शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।
उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो।