२०७९ चैत्र १७, शुक्रबार १५:३५ बजे

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणको लागि भियतनामविरुद्ध खेल्ने नेपालको महिला टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अनन्त राज थापाले डिफेन्डर सिर्जना चेम्जोङलाई पहिलो पटक टोलीमा समेट्दै शुक्रबार ओलम्पिक छनोट खेल्ने २२ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन् ।



चैत्र २२ र २५ गते घरेलु मैदानमा हुने छनोटमा नेपालले भियतनामसँग छनोटको लागि प्रतिस्पर्धा गर्नेछ ।



नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना, सृजना चेम्जोङ मिडफिल्डर : रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सावित्रा राना मगर, अनिता केसी, अनिता बस्नेत

फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, निर्मला विक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय