यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट जनमत पार्टी बाहिरिएको छ । संसदमा ६ सिट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीबाट यसअघि अब्दुल खान खानेपानी मन्त्री थिए ।

नयाँ मन्त्रीमण्डल बिस्तार गर्दा थप एक मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय चाहिने माग गरेको जनमतले आफूले भनेजस्तो नपाएपछि सरकारबाट बहिरिएको हो ।



खानेपानी मन्त्री खानले आजै प्रधामन्त्री समक्ष राजिनामा बुुझाएका हुन् । जनमतले आज उद्योग मन्त्रालय पाएको भए राउत आफै मन्त्री बन्ने लाईनमा थिए । त्यसो त बारा २ को उपचुनावमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिने संकेत पाएपछि राउत प्रचण्डसंग विच्किएका हुन् ।



सप्तरीमा सिके राउतले उपेन्द्रलाई गत संसदीय चुनावमा विशाल अन्तरले हराएका थिए । १८ हजार मतले चुनाव हारेका यादवले आफू उपचुनाव जितेर संसदमा आउनकै लागि बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाए ।

यादव बारा २ बाट उपचुनाव लडेर संसद छिर्न चाहन्छन् । प्रचण्डले पनि ६ सिट रहेको राउतको जनमत पार्टीलाई छाडेर १२ सिट रहेको यादवको जसपालाई साथ दिने वचन दिएपछि राउत सरकारबाट वाहिरिएको स्रोतको दाबी छ ।

राउत माओवादीबाट गत संसदीय चुनावमा सोही क्षेत्रमा झिनोमतले पराजित शिवचन्द्र कुसवाहलाई पार्टीमा भित्र्याएर उपेन्द्रविरुद्ध लडाउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज