काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्।
पदबहाली पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
पदबहाली कार्यक्रममा गृह मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।
प्रतिक्रिया!