हिरासतमा कुटपिट गरेको भन्दै प्रहरीविरुद्ध उजुरी



काठमाडौं । थुनुवामाथि मध्यरातिसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै बेला कुटपिट गरी घाइते बनाएको प्रहरीमाथि आरोप लागेको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी कर्मचारीले थुनामा रहेका दीपेन्द्र अर्याल, अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई मध्यराति १ बजेसम्म बाहिर उभ्याएर राखेको तथा हतकडी लगाएर कुटपिट गरेको आरोप लागेको हो ।

उनीहरुले प्रहरीले आफूहरूलाई चरम यातना दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न उनीहरुलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको पीडितहरुको भनाइ छ ।

‘आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो,’ कुटाइबाट घाइते भएका अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज