
वीरगंज – २०, पुस । यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख धर्मेन्द्रलाल कर्णले सरुवा भईसकेका कर्मचारीलाई काखी च्यापेर प्रदेश सरकारको निर्णयलाई लत्याएका छन् । प्रदेश सरकारले सरुवा गरी सकेका कम्पुटर अपरेटर शेष रजाउल हकलाई आर्थिक असुलीका लागि प्रयोग गर्नका लागि प्रमुख कर्णले रोकेको स्रोतको दावी छ ।
पदमा सधारण कम्पुटर अपरेटर रहेका हकको पछिल्लो समय यातायात व्यवस्था कार्यालय वीरगंज रजगज रहेको छ । धर्मेन्द्र कर्ण प्रमुख भएर आएदेखि कम्पुटर अपरेटर हकको कार्यालयमा मनोपोली बढेको छ । यसको कारण हो उनी प्रमुख कर्णको अबैध असुली तथा आर्थिक कारोवारलाई अन्जाम दिदै आएका छन् ।
यातायात ब्यवस्था कार्यलय वीरगंजमा खुल्लमखुल्ला रुपमा सेवाग्राहीबाट पैसा असुल्ने गरेको तथ्य नयाँ होइन । अबैध रुपमा असुली भएका पैसा प्रमुख कर्णसम्म पु¥याउने काम हकले गर्दै आएका छन् ।
सरकारले हकलाई तीन महिनाका लागि काजमा वीरगंज पठाएका थिए । तर उनी तीन बर्षदेखि यातायात व्यवस्था कार्यालय वीरगंजमा अड्डा जमाएर वसी रहेका छन् । उनी कम्प्युटर अधिकृत हुन् तर, कम्प्युटर चलाएको भेटिदैन । आफ्नो कार्यकक्षमा कहिले काही मात्र भेटिने गरेका उनी बिचौलियाहरुसँग सेटिङ मिलाउनमै व्यवस्थ रहने गरेका छन् । त्यती मात्र होइन् नयाँ नयाँ सेवाग्राहीलाई काम गर्न गाह्रो छ भनेर गेटमै बसेर बर्गोनिङ गर्न पनि उनी खपिस छन् । कार्यालय प्रमुखको प्रिय पात्र बन्दा उनि यातायात कार्यालयमा आर्थिक अनियमितताको साम्राज्य खडा गर्न सफल भएका छन् ।
उनलाई मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयले २०८१ असोज १५ गते काज फिर्ताको पत्र पठाएको थियो । पत्रमा असोज १४ गतेको मन्त्रीस्तरिय मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयमा काज फिर्ता गरिएको उल्लेख रहेको छ । तर, उनी अझै काज फिर्ता भएका छैन्न ।
कार्यालय प्रमुखले उनलाई यहि थमौती गरेर राखने बचन दिएको स्रोतको दावी छ । अधिकृत शेष रजाउल हकले कार्यालयका कर्मचारीहरुलाई पनि आतंकित पार्ने गरेका छन् । आफ्नो कालो कर्तुतहरु अरुलाई सुनाए र बिरोध जनाए जुन कुनै दिन पहुँच प्रयोग गरेर सरुवा गरिदिने धम्की उनले दिने गरेका छन् ।
कार्यालय समय सुरु हुनासाथ प्रमुख धर्मेन्द्र लाल कर्णले उनीसँग हरेक दिन एक घण्टा बार्ता गरेर मात्र काम सुरु गर्ने गरेको एक कर्मचारीले बताए । हक काज फिर्ता नभएपछि मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयले गत कार्तिक २९ गते पुनः सबै यातायात ब्यवस्था कार्यालयलाई पत्र लेखि काज फिर्ता गरिएका कर्मचारीहरुलाई तीन दिनभित्र रमाना दिई मन्त्रालयलाई जानकारी गराउन आदेश दिएको थियो । सो आदेशको समेत अवज्ञा गर्दै उनी वीरगंजमै बसिरहेका छन् ।
कार्यालय प्रमुख कर्ण पनि आफ्नो दाहिने हात हकलाई त्यही राख्न भएभरको शक्ति प्रयोग गरी रहेका छन् । शेष रजाउल हकका कारण यातायात ब्यवस्था कार्यालय वीरगंज र सिङगो वीरगंज शहरकै बदनाम गराउँने गरी काम गरेको भन्दै रमाना दिन स्थानीयले माग गरेका छन् । तर हालसम्म उनी रमाना लिएका छैनन् । हक एउटा भ्रष्ट ब्यक्तिले कसरी सिङगो कार्यालयको प्रतिष्ठा तहसनहस बनाउँछ भन्ने कुराको उदाहरण बनी रहेका छन् ।
यसरी उनको मन बढनुका एक मात्र कारण हो हालको कार्यालय प्रमुख कर्ण । कार्यालय प्रमुखले नै केहि हुदैन् तिमी जति सक्छौ माल उठाउ र मलाई पनि देऊ भन्दै छुट दिएपछि कार्यालय भित्रका अन्य इमन्दार कर्मचारीहरुको मनोबल खसकेको छ । उनको गतिबिधि र रवैयाले राज्य संयन्त्रनै उनकाअघि निकम्मा बनेको प्रष्ट भएको छ । कसैले अपरेटर हकलाई काज फिर्ताको बारेमा कुरा गर्दा मैले मन्त्रालयका उप–सचिव रंजित कुमार यादव र कार्यालय प्रमुख कर्ण दवैलाई मिलाई सकेको भन्दै धाक लगाउने गरेका छन् ।
उनको कार्यालय प्रमुख कर्ण,अख्तियारका अधिकारीहरु एवं मन्त्रालयको उप–सचिवसँग राम्रो उठवसको कारणपनि अबैध आर्थिक लेनदेन रहेको स्रोतले बताएको छ । यातायात व्यवस्था कार्यालय वीरगंजमा सेवाग्राहीहरुसँग अबैध रुपमा असुली गरिएको रकम तल्लदेखि माथिसम्म पु¥याउन उनी माहिर तथा पुराना खेलाडी छन् ।
उनलाई मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले असोज १५ गते नै काज फिर्ता गरिएको पत्र दिइसकेको छ । मन्त्रालयले प.स. ८१९८२ च.न.२८८, मिति २०८१ असोज’ उनलाई लेखेको पत्रमा मन्त्रालयको असोज १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयमा काज फिर्ता गरिएको उल्लेख गरिएको छ । तर, करिब दुई महिना बितिसक्दा पनि उनी यातायात व्यवस्था कार्यालय वीरगंजबाट टसमस भएका छैनन् ।
प्रमुखको एक जना कर्मचारीहरुप्रतिको आशक्ति देखेर अन्य कर्मचारीहरु चकित परेका छन् । यता, कार्यालय प्रमुख कर्ण प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको गाउँले भएकाले आफूले जे पनि गर्न सक्ने भन्दै आएका एक कर्मचारीले बताए ।