सरुवा भएका हवल्दारलाई काखी च्याप्दै श्रीपुरमा इन्स्पेक्टरको असुली



बीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले सरुवा भइसकेका प्रहरीलाई रमाना नदिई काखी च्यापेका छन ।

सिपाही पदबाट सेवा प्रवेश गरेका बस्नेत क्रमशः असई (ASI) हुँदै निरीक्षक बनेका हुन्। हाल श्रीपुर प्रहरी कार्यालयमा उनले कारागार सुरक्षा गार्ड रामेछाप सरुवा भइसकेका प्रहरीलाई रोकेर अवैध असुली धन्दा चलाइरहेको आरोप छ। स्रोतका अनुसार, उनले सहायक हवल्दार अमित कुमार चौरसियालाई अवैध असुलीका लागि प्रयोग गरिरहेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेत जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत रहँदा समेत रकमको चलखेल गरेको आरोप थियो।

सहायक हवल्दार चौरसियाको सरुवा भएपछि रवानाको लागि माथीबाट तगादा आउन थालेपछि प्रहरी निरीक्षक बस्नेतले रवाना गर्नुको सट्टा सहायक हवल्दार चौरसियालाई १५ दिनको बिदा दिएर घर पठाए। सहायक हवल्दार चौरसिया २५ दिनसम्म बिदामा बसेर जिल्ला प्रहरी कार्यालय लगायतका माथिल्लो निकाय तथा हाकिमहरुसंग रवाना नहुने पक्कापक्की गरेर सम्पुर्ण सेटिङ मिलिसकेकाले अड्डा जमाएर बसेका छन्।

चैत १३ गते बुधबार फेरि सहायक हवल्दार चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको थियो तर उनले केहि घन्टामै पुन्ह सेटिङ मिलाएर श्रीपुरमै फर्किन सफल भए ।

वडा प्रहरी श्रीपुरमा प्रहरीको चेन अफ कमान्ड नै प्रभावित भएको देखिन्छ । सहायक हवल्दार चौरसियाले आफुभन्दा सिनियर प्रहरीहरुलाई जस्तै असइ, सइलाई समेत नटेर्ने तथा आदेश दिने गरेको प्रहरी स्रोतबाट बताउँछ । प्रहरि निरीक्षक बस्नेत अरु प्रहरी कर्मचारीको कुरामा ध्यान नदिए पनि चौरसियाको भने जुनसुकै कुरा मान्ने गरेको आरोप छ ।

वडा प्रहरी कार्यालय श्रीपुरकाे उजरी शाखामा कार्यरत प्रहरी सहायक हवल्दार अमित चाैरसियाले सेवाग्राहीसंग अवैध असुली गरिरहेकाे वताइन्छ । सेवाग्राहीका अनुसार पैसा दिएकाहरुकाे जस्ताे सुकै काम गरिदिने र नदिने पिडित भएपनि दु:ख दिने गरेका छन् । प्रहरी निरीक्षक बस्नेतले तस्करी तथा अन्य असुलीका सम्पुर्ण जिम्मा सहायक हवल्दार चौरसिया नै दिएका छन, कार्यालयमा आउने सेवाग्राहीसंग मुदा चलाइ दिने त्रास देखाउने , या मुदा मिलाइ दिने भनेर जस्तो सुकै घटना मिलाउन दबाब दिएर असुली गर्ने गरेका छन ।
साथै सहायक हवल्दार चौरसियाले वडा प्रहरी कार्यालय श्रीपुरको एरिया भित्रका हाेटल, मसाज सेन्टर लगायतका अवैध गतिविधि हुने ठाउँबाट मासिक रुपमा महिनवारी समेत उठाउने गरेका छन् ।

उनकाे व्यवहार पनि प्रहरी आचरण विपरित रहेकाे पिडितहरुले गुनासाे गरेका छन् । उनी श्रीपुर मातहत पर्ने एरियाबाट पक्राउ परेका भन्सार छलीका अवैध सामानहरुबाट पनि केही सामान बुझाउने र केही बिक्री गर्नुकाे साथै घरमा समेत पठाउने गरेकाे स्राेतकाे भनाई छ ।

प्रहरी उपरिक्षक कुमाेद ढुंगेलकाे पालामा हेडक्वाटर सम्म उजरी परेपछि जिल्ला तानिएका चाैरसिया नयाँ प्रहरी उपरिक्षक आएपछि फेरी श्रीपुरमा जान सफल भएका हुन् । बाराका बरियारपुर निवासी चाैरसिया पुन: श्रीपुर गएपछि पहिला कै गतिविधिहरु सुरु गरेका छन् ।

प्रहरी सहायक हवल्दार चाैरसियाकाे असाेभनिय क्रियाकलापले उनी दलाल हुन् की प्रहरी छुट्याउने गाह्राे भएकाे सेवाग्राहीकाे गुनासाे छ । सेवाग्राहीका अनुसार उनी वडा प्रहरीमा डिउटीका बस्ता समेत कहिले प्रहरीकाे पाेशाक लगाउँदैन । प्रत्यक्षदर्शीका अनुसार उनी सधै सिभिल मै भेटिन्छन् । वडा प्रहरी कार्यालय बाहिर जाँदा त उनी प्रहरी अधिकृत सम्म परिचय दिने गरेकाे वताइन्छ ।

सामाचार स्राेतका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक श्याम कुमार बस्नेतका बिश्वास पात्रकाे रुपमा रहेका सहायक हवल्दार चाैरसियाले सम्पूर्ण किसिमकाे सेटिङ उनी नै गर्ने गरेका छन् । उनकै सेटिङमा श्रीपुर एरिया अन्तर्गतका हाेटलहरुमा प्रहरीले गर्ने छापामारीकाे क्रममा पक्राउ परेकाहरुलाई माेटाे रकम बुझेर यस्तै छाेडने समेत गरिएकाे छ ।

भख्रर केही महिना पहिला मात्र वीरगंजस्थित एक हाेटलमा एमआरकाे काम गर्ने एक पुरुष एक महिलासंग पक्राउ परेका थिए । ति महिला पुरुषलाई अनैतिक क्रियाकलाप गरेकाे आराेपमा पक्राउ गरेर वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याइएपनि उनकै सेटिङमा माेटाे रकम बुझि विना कारवाही छाेडिएकाे विश्वासिलाे स्राेतले जनाएकाे छ ।

उनी विरुध यस्ता थुप्रै गुनासाे भएपनि उनलाई कारवाही गर्नुकाे साटाे राम्राे स्थान दिनुले उनले गर्ने अवैध असुलीमा प्रहरी निरिक्षक बस्नेकाे पनि संलग्नता रहेकाे बुझ्न थालिएकाे छ ।

यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक श्याम कुमार बस्नेतसँग बुझ्दा उनले फोनमा जानकारी दिन नसकिने बताउँदै भोलि कार्यालयमै आएर कुरा गर्न भने। त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालसँग जानकारी लिन फोन सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज