पर्सामा सशस्त्र प्रहरीको तस्करविरोधी अभियान, दस लाखभन्दा बढीको अवैध सामान बरामद



वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म र मातहतका बीओपीबाट खटिएको टोलीहरूले रु. १० लाख ८४ हजार १ सय ९० बराबरको अवैध सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका अन्तर्गत भारत–नेपाल सीमाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सामानहरूमा दुई थान मोटरसाइकल, किराना, तयारी कपडा, मोबाइल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरालगायत रहेका छन्। उक्त सामग्रीहरूको अनुमानित मूल्य रु. ८ लाख ३७ हजार १ सय २० रहेको छ।

त्यस्तै, गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया क्षेत्रबाट रु. १ लाख १८ हजार २ सय बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार बुझाएको छ।

यसैगरी, बीओपी प्रसौनीभाठा र बीओपी सिर्सियाबाट खटिएको टोलीहरूले संयुक्त रूपमा रु. १ लाख २८ हजार ८ सय ७० बराबरको अवैध सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोकथाममा निरन्तर निगरानी र कडाई गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज