वीरगंज – ९ साउन । पर्साको छिपहरमाई गाउँपालिका – ३ का वडा अध्यक्ष दिपेन्द्र सिंहले शुक्रबार आफ्ना वडा भित्र पर्ने जयमंगलापुर, झलमहिया, बुडगाई र सानो जयमंगलापुर गाउँबस्तीमा घुमी पानीको समस्या बुझेका छन।
स्थलगत निरीक्षणपछि वडा अध्यक्ष दिपेन्द्र सिंहका अनुसार खानेपानीको समस्या छैन तर खेतीको लागी जटिल समस्या छ। उनले भने, “डिप वोरिङ गरी किसानहरु समस्या चाडै समाधान गर्नको लागी प्रक्रीया आगाडी बढाउने छु।”
वडा अध्यक्ष सिंहको यो पहलले गाउँबस्तीका कृषकहरूमा ठूलो आशा पलाएको छ। सिंहले आफैं गाउँ–गाउँमा पुगी समस्या बुझेको र समाधानको लागि प्रत्यक्ष प्रतिबद्धता जनाउनुले जनप्रतिनिधिको जिम्मेवारी र जनताप्रतिको समर्पण झल्किएको छ।
स्थानीयस्तरमै समस्या पहिचान र समाधान गर्ने दृढतासहित दिपेन्द्र सिंहले देखाएको सक्रियता प्रशंसनीय छ। अबको ध्यान डिप वोरिङ कार्य शीघ्र सुरु गरी किसानहरूको सिँचाइ समस्याको अन्त्यमा हुनेछ।