सशस्त्र प्रहरी बलका ६ डीआईजीको सरुवा



काठमाडौं । गृह मन्त्रालयले आइतबार सशस्त्र प्रहरी बलका ६ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

जसअनुसार प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी मनिष थापालाई नम्बर १ बराह बाहिनी, सुनसरीमा सरुवा गरिएको छ । बराह बाहिनीका डीआईजी कुमार न्यौपानेलाई प्रधान कार्यालय सरुवा गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा विष्णु भट्टलाई ल्याइएको छ ।

यस्तै, सुरक्षा परिषदमा कार्यरत डीआईजी पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सरुवा गरिएको छ । त्यहाँ रहेका लक्ष्मणबहादुर सिंहलाई प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी नम्बर ७ वैद्यनाथ बाहिनी, कैलालीका बाहिनीपति प्रदीपकुमार पाललाई प्रधान कार्यालय सरुवा गरिएको छ । त्यहाँको निमित्त बाहिनीपतिमा एसएसपी दिगविजय सुवेदीलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज