घाँस काट्न गएका बेला जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बीरगंज एक्सप्रेस
२०७९ श्रावण २०, शुक्रबार १२:३० बजे

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ६ देवनगरकी ५१ वर्षीया माया विकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली हात्तीले आक्रमण गरेका थिए ।

घाँस काट्ने क्रममा विकलाई अचानक हात्तीले आक्रमण गरिको हो ।

मृतक विकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्