बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाबाट नदीमा करेन्ट लगाई माछा मार्ने चारजनालाई बरहथवा नगर प्रहरीले पक्राउ गरेको छ ।
नगर प्रहरी हवल्दार चन्द्रमोहन दत्तसहित चारजना नगर प्रहरीको टोलीले बरहथवा नगरपालिका वडा नं. १० सितापुरस्थित सोती नदीमा अवैधरुपमा करेन्ट लगाई माछा मार्ने सिकिन्द्र सहनी , रामबाबु मुखिया , नरेश सहनी र हरिन्द्र सहनीलाई माछा मार्ने उपकरण सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्यभईरहेको भइरहेको बरहथवा नगर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया!