काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ ।
समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले श्रम मन्त्रालय र यातायामन्त्री ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको हो।
समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिरवारलाई रोजगारीको अवसर दिनाउन पनि सरकारले निर्देशन गरेको छ ।
पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो ।
प्रतिक्रिया!