काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले बरामद लागुऔषधको स्रोत तथा उनीहरूको सम्भावित कारोबार सञ्जालबारे अनुसन्धान अघि बढाएको जनाएको छ।


तपाईको प्रतिक्रिया !