एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

NEWS DESK
२०८३ कार्तिक १५, आइतवार ०८:२१ बजे

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा साँझ ५ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलमा जनकपुर बोल्ट्स लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ भने पोखरा एभेन्जर्स प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

जनकपुरले प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो ।

एक जित र एक हारको नतिजा निकालेको जनकपुर आजको खेल जित्दै आफ्नो लय कायम राख्न चाहन्छ ।

यता पोखरा एभेन्जर्स भने पहिलो जितको खोजीमा छ । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा आज जनकपुरलाई हराउँदै प्रतियोगितामा जितको खाता खोल्ने योजनामा हुनेछ ।

दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण रहनेछ । जनकपुर जितको लयलाई निरन्तरता दिन चाहन्छ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्