वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार १८:४८ बजे

वीरगञ्ज । पर्साको वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ लिंकरोडस्थित सडक छेउमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी डोर्‍याएर भाग्दै गरेको अवस्थामा प्रहरीले युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल लिंकरोडमा पार्किङ गरी राखिएको थियो।

मिति २०८३ कात्तिक १५ गते बिहान करिब ९ः३० बजे मोटरसाइकलको लक तोडी डोर्‍याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका चौधरीमाथि मोटरसाइकल चोरीसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले उक्त घटनाबारे जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्