अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका नासुविरुद्ध दुई मुद्दा

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार २०:१९ बजे

काठमाडौं । विभिन्न मालपोत कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

पछिल्लो समय मालपोत कार्यालय भक्तपुरमा कार्यरत रहेका आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफन्त तथा अन्य व्यक्तिको नाममा लुकाएको खुलेपछि आयोगले सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाएको हो।

आयोगले आचार्य र उनको परिवारसमेतलाई प्रतिवादी बनाउँदै कुल ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

आचार्यले विभिन्न मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप आयोगले लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्