पर्सामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार १८:५० बजे

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा फैसला भई फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला पर्साको साविक जितपुर गाविस हाल जिराभवानी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय पारसनाथ दास थारू रहेका छन्। उनलाई प्रहरीले २०८३ कात्तिक १६ गते नियन्त्रणमा लिएको हो।

त्यसैगरी, अन्य विभिन्न मुद्दामा फरार रहेका थप १० जनासहित कुल ११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले उक्त जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्