प्रसौनीभाठामा चेकजाँचका क्रममा पेस्तोल, गोली र छुरासहित दुई जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार २०:१४ बजे

वीरगञ्ज, १६ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले पर्साको प्रसौनीभाठाबाट पेस्तोल, गोली, छुरालगायतका सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३ साल कार्तिक १६ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउण्ड डोमी गोली, तीन थान छुरा, नेपाली रुपैयाँ ९ हजार ४ सय, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल तथा विभिन्न किसिमका औषधि बरामद गरिएको जनाइएको छ।

नियन्त्रणमा लिइएका दुवै व्यक्ति तथा बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्