उदयपुरबाट ७ हजार ८२६ किलो गाँजा बरामद

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार १९:१६ बजे

उदयपुर । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोले उदयपुरबाट सात हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बरामद गरिएको गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्