काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
काठमाडौँको जितमा रशिद खानले सर्वाधिक ५० रन बनाए। कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदिल आलमले २० र डेभिड वार्नरले १६ रनको योगदान दिए।
कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई–दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका अरिफुल इस्लामले ४४, हुसैन तलतले ४०, पवन सराफले ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए।
काठमाडौँका करण केसीले दुई विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए।
यो काठमाडौँको दोस्रो खेलमा पहिलो जित हो। कर्णालीले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !