पर्सामा भन्सार छली ल्याइएका १० लाख ५१ हजारभन्दा बढीका सामान बरामद

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार १९:२५ बजे

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका वडा नं. २५ खाल्वा क्षेत्रबाट २०८३ कार्तिक १६ गते बिहान करिब ९ः३० बजे भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका २ लाख ३१ हजार ६०४ रुपैयाँ बराबरका विभिन्न किसिमका औषधि बरामद गरिएको हो।

त्यसैगरी, असोज १५ गते साँझ करिब ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेका ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले सोही क्रममा २ लाख ५० हजार रुपैयाँ बराबरका भैंसी तथा १० हजार रुपैयाँ मूल्य पर्ने एउटा खसीसमेत नियन्त्रणमा लिएको छ।

बरामद गरिएका औषधि, लत्ताकपडा तथा पशुचौपायासहित कुल १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका मालसामान आवश्यक कानुनी कारबाहीका लागि कार्तिक १६ गते वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले उक्त विवरण सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्