२०७९ जेष्ठ ६, शुक्रबार ०४:४६ बजे

वीरगञ्ज ६ जेठ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी धर्मपत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट लज्जास्पद हार व्यवहोरेकी छिन् ।

उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतले हराउदै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बबिताले ५५३१ मत पाउदा , उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी मीरा देवीले भने ३३४५ मत पाएकी छिन।

मुख्यमन्त्री धर्मपत्नी जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् । जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि भने तेश्रो स्थानमा समिति भएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय