नेपाली यू–२० फुटबल टोली भोलि स्वदेश फर्कने

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १८, बुधबार ११:०२ बजे

काठमाडौं । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको हाे ।



भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्