निर्वाचन आयोगद्धारा ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त



काठमाडौं । निर्वाचन आयोगले ७७ जिल्लामा जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको छ।

न्याय परिषद्‌को सिफारिसानुसार असोज ११ गते देखि लागू हुने गरी ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ।



त्यस्तै, बांकी ८८ वटा निर्वाचन क्षेत्रमा भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी ९उपसचिव सरह०का अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ।



प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिृकत र प्रत्येक क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज