कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।



घरको माथिल्लो तलामा रहेका केहीलाई प्रहरीले उद्धार गरेको छ ।



दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन ।

स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो । घटनाको विस्तृत विवणरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज