काठमाडौँमा एकै दिन ३ हजार सवारी चालक कारबाहीमा

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ६, बिहिवार ०५:२५ बजे

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन्।



यस्तै २ हजार ६०२ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्