२०७९ माघ ६, शुक्रबार ००:४४ बजे

वीरगंज – ६ माघ । पर्सामा सरकारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ ।

जनताको सेवालाई प्रभावकारी र सहजताका लागि राज्यले जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई दिइएको मोटरसाइकल नियम विपरित घरायसी कामकाजमा प्रयोग भइरहेको भेटिएको हो ।

साथै उनीहरुले विवाह , जन्मदिनको पार्टी ,मेला हेर्न , बिदाको दिन डुल्न जाने र ससुराली जानदेखि भारतीय बजारमा तरकारी किन्नसमेत सवारी साधनको प्रयोग जिल्लामा बढिरहेको छ ।

दिनमा मात्र नभई राति राति ठूला होटल तथा रेस्टुरेन्टमा समेत सवारीसाधन भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् ।

यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ ।

पर्सामा जनप्रतिनिधि र सामान्य कर्मचारीदेखि कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।

माघ ५ गते बिहिबार एउटा यस्तै घट्ना फेला परेको छ । प्रदेश २.०२ ००१ ब ४७७ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल (बालिदानी दिवस) सरकारी बिदाका दिन किनमेल तथा सरकारी सवारी भारतको रक्सौलमा भेटिएको हो ।

सरकारी प्रयायोजनका लागि राज्यले दिएको सवारी साधन व्यक्ति प्रयायोजनका लागि दुरुपयोग गर्न पाइदैन् । बिदाको दिन यसरी आफ्नो निजि काममा सवारी प्रयोग गर्ने जनप्रतिनिधी तथा कर्मचारीलाई कहीँले सम्म छुट दिने स्थानीयबासीले प्रश्न गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय