मलमा अनुदान कटौतीपछि एमाले नेता रावलको प्रश्न – सरकार जनताको होइन ?



[ad_1]

काठमाडौं । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गरेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै नेता रावलले सो असन्तुष्टि जनाएका हुन् ।



उनले लेखेका छन्,’पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन?!’



सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने, नेपाली किसानको तरकारी, माछा र केरामा बजार नपाउने नीति गलत रहेको उनको भनाइ छ ।

सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ। अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ।

यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डीएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज