बैङ्किङ कसूरमा २१ लाख जरिवाना तोकिएका लामा पक्राउ



[ad_1]

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा छन् ।



लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो ।



उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज