१० महिनामै टुट्यो नायिका वर्षा र आशिषको वैवाहिक सम्वन्ध



[ad_1]

काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्वन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ ।

उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।



अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् ।



छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

वर्षा र आशिषको औपचारिक सम्वन्ध विच्छेद भइसकेको छ । विहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् ।

तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज