शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै



[ad_1]

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार तीन खेलहरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।



सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।



संकटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ ।

यस्तै, दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज