माओवादी घटकलाई ओलीको प्रश्न – बन्दुकमा खिया लागेको छैन भनेर कसलाई धम्की दिएको ?



[ad_1]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको कुरा उठ्दा माओवादी घटकले बन्दुक उठाउने धम्की दिने गरेको बताएका छन् ।

मानव अधिकार एलायन्सको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले मानव अधिकारको उल्लंघन गर्ने पक्षले नै धम्काइरहेको टिप्पणी गरे । ओलीले माओवादी घटकका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।



माओवादीप्रति कटाक्ष गर्दै ओलीले भने, ‘नेपालको राजनीतिको एक पक्ष आफूले भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई धम्की दिन्छ । बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले गरेको मानव अधिकार उल्लंघनको कुरा गर्ने भनेर प्रश्न गर्छ। ’

सशस्त्र द्वन्दकालीन मुद्दा ब्युँताउन खोजिएको भन्दै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले बन्दुक उठाउने धम्की दिएका थिए ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज